अर्को नौसेनाको समुह इरानतर्फ जाँदैछ- ट्रम्प

२०८२ माघ १४ बुधवार
सारांश
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को अमेरिकी नौसेनाको समुह इरानतिर जाँदै गरेको बताएका छन् ।

काठमाण्डौ, १४ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को अमेरिकी नौसेनाको समुह इरानतिर जाँदै गरेको बताएका छन् ।

 

उनले इरानले अमेरिकासँग सम्झौता गर्ने आशा पनि व्यक्त गर्दै जहाजहरूको अर्को समुह इरानतिर जाँदै गरेको बताएका हुन् । उनले इरान सम्झौतामा आउने आशा व्यक्त गरेका छन् ।

 

यसअघि, अमेरिकी राष्ट्रपतिले गत हप्ता पनि ठूलो अमेरिकी सैन्य समुह इरानतिर जाँदै गरेको बताएका थिए ।

 

अमेरिकी युद्धपोत अब्राहम लिंकन फारसी खाडीमा पुगिसकेको छ, जो आणविक शक्तिले चल्ने युद्धपोत हो ।

 

अब्राहम लिंकन युद्धपोत अमेरिकाको सबैभन्दा ठूलो र सबैभन्दा उन्नत विमान वाहकहरू मध्ये एक हो ।

 

इरानले सरकारी विरोधी प्रदर्सनमाथि दमन गर्दा ६ हजार भन्दा बढीको मृत्यु भएको दाबि गरिएको छ भने देशमा अहिले पनि इन्टरनेट बन्द गरिएको छ ।

 

यसैबीच बिग्रिदो अर्थव्यस्थाका बीच मंगलबार इरानी रियल अहिलेसम्मकै तल्लो स्तरमा पुगेको छ । जस अनुसार एक अमेरिकी डलर बराबर १५ लाख इरानी रियाल पुगेको छ ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार